राष्ट्रपति सीद्वारा सेनाको प्रशिक्षण केन्द्र निरीक्षण
मेरोन्यूज
२०७९ कार्तिक २२ गते २१:१४

काठमाडौँ । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले मङ्गलबार केन्द्रीय सैन्य आयोग (सीएमसी)को संयुक्त अपरेशन कमाण्ड सेन्टरको निरीक्षण गरी कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको मार्गदर्शक सिद्धान्तहरू कार्यान्वयन गर्ने नयाँ सीएमसीको अडान प्रदर्शन गरेका छन् ।
चीनको सीपीसी र सेनाको प्रशिक्षण र लडाइँ तयारीमा वृद्धिका निम्ति यो महत्त्वपूर्ण मानिएको छ । सीपीसी केन्द्रीय समितिका महासचिव, सीएमसीका अध्यक्ष र सीएमसी संयुक्त अपरेशन कमाण्ड सेन्टरका कमाण्डर–इन–चीफ समेत रहेका सीले सम्पूर्ण सेनाले लडाइँ तयारीका लागि आफ्नो सम्पूर्ण शक्ति समर्पित गर्नुपर्ने र आफ्ना सबै काम पूरा गर्नु पर्ने बताए ।
‘लड्ने र जित्ने क्षमता बढाउनु होस्, र नयाँ युगमा प्रभावकारी रूपमा आफ्नो मिसन र कार्यहरू पूरा गर्नुहोस्,’ सीले भने।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया