डेङ्गुबाट थप दुई जनाको मृत्यु
मेरोन्यूज
२०७९ कार्तिक २४ गते २०:४०
काठमाडौँ । देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५१ हजार १७७ पुगेको छ । तीन दिनमा थप नौ सय १४ नयाँ डेङ्गु सङ्क्रमित थपिएसँगै बुधबारसम्म सङ्क्रमितको सङ्ख्या ५१ हजार १७७ पुगेको हो ।
तीन दिनमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै डेङ्गुबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको हो ।
सबैभन्दा धेरै बागमती प्रदेशमा ३९ हजार ६२४ जना डेङ्गुका सङ्क्रमित छन् । लुम्बिनी प्रदेशमा चार हजार ९१८, प्रदेश १ मा दुई हजार ८५, गण्डकी प्रदेशमा एक हजार सात सय २१, सुदूरपश्चिम प्रदेशमा ८९६ र कर्णाली प्रदेशमा ६७६ जना सङ्क्रमित भइसकेका छन् ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया