एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको सहज जित

काठमाडौं । एस्टन भिल्लालाई ४-२ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड इङलिस लिग कपको अन्तिम १६ मा स्थान बनाएको छ ।
बिहीबार रातिको जितसँगै आइतबार इङलिस प्रिमियर लिगमा एस्टन भिल्लासँग व्यहोरेको ३(१ हारको बदला समेत युनाइटेडले लिएको छ ।
४८औं मिनेटमा ओल्ली वाट्किन्सको गोलमा एस्टन भिल्लाले अग्रता लिएको थियो । तर त्यसको एक मिनेटपछि नै एन्थोनी मार्सियलले युनाइटेडलाई खेलमा फर्काएका थिए ।
६१औं मिनेटमा युनाइटेडका डिएगो डालोटको आत्मघाती गोलमा एस्टन भिल्लाले २(१ को अग्रता लिएको थियो । ६७औं मिनेटमा मार्कुस रासफोर्डले युनाइटेडलाई खेलमा फर्काएका थिए । ७८औं मिनेटमा ब्रुनो फर्नान्डेजले युनाइटेडको अग्रता ३(२ मा पुर्याएका थिए । इन्जुरी समयको पहिलो मिनेटमा स्कट म्याक्टोमिनेले युनाइटेडका लागि चौथो गोल गरे ।
यसअघि नै साविकको विजेता लिभरपुल, म्यानचेस्टर सिटी र लेस्टर सिटीले पनि अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।
















पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया