खड्गी इन्स्टिच्युटले मिर्गौला पत्थरी र प्रोस्टेटका बिरामीको निःशुल्क शल्यक्रिया शिविर गर्दै

ललितपुर । ललितपुरको कुपण्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीले आरुस लाइफस्टाइल अस्पताल तथा रेडक्रस सोसाइटी अफ कुवेतसँगको सहकार्यमा मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थीका बिरामीका लागि निःशुल्क शल्यक्रिया शिविर आयोजना गर्ने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी आगामी पुस १४ देखि १६ गतेसम्म तीन दिन एकैपटक ४० जनाको मिर्गौला पत्थरी र प्रोस्टेट ग्रन्थीका विपन्न बिरामीको लागि निःशुल्क शिविर आयोजना गर्न लागिएको इन्स्टिच्युटका प्रबन्ध निर्देशक तथा कन्सल्टेन्ट युरोलोजिस्ट डा. संजय खड्गीले जानकारी दिए ।
उनले कसैले पनि उपचार सेवा नपाएर ज्यान गुमाउन नपरोस भनेर आर्थिक अवस्था कमजोर भएका बिरामीकै लागि निःशुल्क शल्यक्रिया शिविरको आयोजना गर्न लागिएको बताए । उनले भने, ‘पत्थरी शल्यक्रियाका लागि मिनी पीसीएनएल विधि र प्रोस्टेट ग्रन्थीका लागि बाइपोलार टर्भ विधिबाट बिरामीमा ठूलो चिरफार नगरी अत्याधुनिक प्रविधिबाट शल्यक्रिया गरिने छ ।’
शिविरबाट ४० जना विपन्न वर्गका बिरामीले निःशुल्क शल्यक्रिया सेवा पाउने छन् । खड्गी इन्स्टिच्युटले यसअघि पनि विपन्न वर्गका बिरामीका लागि निःशुल्क शल्यक्रिया गर्दै आएको छ । यस्तै, आफ्नो स्थापना कालदेखि हरेक महिना ४ जना विपन्न बिरामीको अत्यन्त कम शुल्कमा शल्यक्रिया गर्दै आएको छ ।
यो एक वर्षमा आफूहरुले एक हजार ४४० जना बिरामीको मेजर र माइनर गरी शल्यक्रिया गरेको र त्यसमध्ये २८ जनाको पूर्ण निःशुल्क र ७५ जनाको अत्यन्त कम शुल्कमा शल्यक्रिया सेवा दिएको जानकारी दिएका थिए ।
















इनड्राइभद्वारा ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सम्पन्न
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ सम्पन्न
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया