कुखुराको काँचो मासुभित्र बन्दुक राखेर तस्कर गरेपछि…
मेरोन्यूज
२०७९ कार्तिक २६ गते १०:३२

न्युयोर्क । संसारभरका अपराधी र तस्करहरूले अवैध सामानहरू एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्ने अनौठो तरिकाहरू अपनाउछन् भन्ने कुराहरू हामीले बेलाबखत सुन्ने गर्छौं । एक पछिल्लो घटनामा एक यात्रु कुखुराको काँचो मासुभित्र ह्यान्डगन लुकाएर जाँदै गरेर अमेरिकामा विमानमा चढ्न खोज्दा समातिएका छन् ।
यात्रु विमान चढ्नुअघि फ्लोरिडाको फोर्ट लाउडरडेल-हलिवुड एयरपोर्टमा यातायात सुरक्षा प्रशासन (टीएसए) अधिकारीहरूले समातेका थिए । बन्दुक लोड गरिएको हो वा होइन भन्ने खुल्न सकेको छैन ।
एक ट्विटर पोस्टमा एजेन्सीले बन्दुकको तस्बिरहरू सेयर गरेको छ । हाते बन्दुक, कागजको प्याकेजिङमा बेरिएको, काँचो कुखुराभित्र देख्न सकिन्छ । अर्को तस्विरमा एयरपोर्ट अफिसरले प्याकेज खोलेर बन्दुक निकालेको देख्न सकिन्छ ।
सम्बन्धित
















आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया