कसले चोर्यो दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिको नोबेल शान्ति पुरस्कार ?

केप टाउन / दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एफडब्ल्यू डे क्लर्कको नोबेल शान्ति पुरस्कारको पदक अप्रिलमा उनको घरबाट चोरी भएको उनको फाउन्डेसनले पुष्टि गरेको छ ।
स्थानीय सञ्चार माध्यममा आएको विवरणअनुसार उनको केप टाउनको घरमा लुटपाटको क्रममा पुरस्कार पनि चोरी भएको जनाइएको छ । सन् १९९३ मा नेल्सन मण्डेलासँगै रंगभेदको अन्त्यका लागि गरेको प्रयासका लागि डे क्लर्कले पुरस्कार प्राप्त गरेका थिए ।
दक्षिण अफ्रिकी सञ्चारमाध्यमका अनुसार प्रहरीले कुनै पनि पदक बरामद गरेको छैन । स्थानीय समाचार वेबसाइट न्यूज२४ सँग कुरा गर्दै डे क्लर्ककी विधवा एलिटाले भनिन् विदेश यात्राबाट घर फर्किदा पदकसहित बहुमुल्य सामग्री चोरी भएका थिए ।
“मैले यस वर्षको अप्रिलमा हामी लुटिएको थाहा पाए । ५ अप्रिलमा म सेफमा गएँ र त्यहाँ खुला थियो। म चौथो दिन विदेश यात्राबाट फर्किएकी थिए । त्यसैले मलाई मितिहरू याद छ ।“ उनले भनिन् ।
“मेरो धेरै गहनाहरू चोरिएका थिए । चोरिएका गहनाको मूल्य निर्धारण गर्न गाह्रो छ । तिनीहरुलाई पछिल्लो ५० वर्षको अवधिमा मलाई विभिन्न अवसरमा प्रदान गरिएको थियो’, उनले अगाडि भनिन् ।















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया