खेरसनमा सर्वसाधारणको उत्सव चलिरहँदा सावधानी अप्नाउन चेतावनी

काठमाडौं । युक्रेनी अधिकारीहरूले रुस खेरसनबाट फिर्ता भए पनि ुयुद्ध समाप्त नभएकोु भन्दै आफ्ना नागरिकहरुलाई चेतावनी दिएका छन् । रुसले खेरसनबाट आफ्ना सेना फिर्ता गरेको घोषणा गरेपछि पनि सप्ताहन्तमा उत्सवहरू जारी रहँदा युक्रेनी अधिकारीहरुले उक्त चेतावनी दिएका हुन् । हर्षोल्लासपूर्ण भीडले शुक्रबार युक्रेनी सेनालाई सहरमा स्वागत गरे । फेब्रुवरीमा युद्ध सुरु भएपछि रुसी सेनाले खेरसनलाई नियन्त्रणमा लिएको थियो ।
राजधानी किभ र ओडेसालगायत युक्रेनका अन्य क्षेत्रहरूमा पनि यस्तै उल्लासपूर्ण दृश्यहरू रिपोर्ट गरिएको थियो । तर, मस्कोको महत्वाकांक्षालाई चोट लागे पनि युक्रेनी अधिकारीहरू सतर्क छन् ।
युक्रेनी रक्षा मन्त्रीका सल्लाहकार युरी साकले ‘उत्सब मनाउनु धेरै चाँडो’ हुने चेतावनी दिए। ‘हामीले सधैं विश्वास गर्यौं कि हामी खेरसनलाई मुक्त गर्नेछौं’, उनले रेडियो ४ को टुडे कार्यक्रममा भने । रुसले युक्रेन युद्धमा कहिल्यै विजयी नहुने उनले दाबी गरे । रुसी प्रचार यन्त्रमा त्रास बढेको उनले बताए ।एजेन्सी
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया