बुधबार, चैत ४, २०८२

नेपाल टेलिकमको निर्वाचन अफर,९८ रूपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ६ जिबी डेटा

मेरोन्यूज २०७९ कार्तिक २७ गते १३:१५

नेपाल टेलिकमको निर्वाचन अफर,९८ रूपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ६ जिबी डेटा
काठमाडौं । नेपाल टेलिकमले निर्वाचन विशेष अफर ल्याएको छ। आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा टेलिकमले जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको हो। यो अफर (आज ) कात्तिक २७ देखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ । यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा रु. २९४ मा उपलब्ध छ । यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु. ९८ मा उपलब्ध छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया