दोहोरो अंक घट्यो नेप्से परिसूचक
मेरोन्यूज
२०७९ कार्तिक २७ गते १६:२३
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १०.५४ अंक घटेर १८८३.१६ बिन्दुमा झरेको हो ।
त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.८३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अंकले घटेको छ । आज कारोबारमा आएका २२५ कम्पनीको २० लाख २८ हजार कित्ता शेयर ७७ करोड ४९ लाख ११ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार एक अर्बभन्दा बढीको शेयर कारोबार भएका थियो ।
नेप्सेका १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.६० प्रतिशत बढेको छ । व्यापार उपसमूहको परिसूचक १.४४ प्रतिशत घटेको छ ।
सम्बन्धित

















ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
काठमाडौं महानगरले चैत १६ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
बागलुङमा जीप दुर्घटना हुँदा ७ जना घाइते
केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
प्रतिक्रिया