एमाले प्रवेश गरेकी नायिका करिश्माले मागिन राप्रपाकी उम्मेदवार रेखालाई भोट

काठमाडौं । अभिनेत्री एवं एमाले नेतृ करिश्मा मानन्धरले राप्रपा उम्मेदवार रेखा थापालाई भोट मागेकी छन् । रेखा मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छन् । सो क्षेत्रमा एमालेबाट भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट डा।सुनिल शर्मा उम्मेदवार बनेका छन् । ढकाल सोही क्षेत्रका निवर्तमान सांसदसमेत हुन् । आफ्नै पार्टीको उम्मेदवार ढकाललाई नभई करिश्माले रेखा थापाका लागि सामाजिक सञ्जालमार्फत भोट मागेकी छन् ।
‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका सम्बाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारहरुले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्याउने हो । यो संघर्षमा सामिल योद्धा । रेखा थापालाई भोट गर्न मोरङ डिस्ट्रिक्टलाई आग्रह गर्दछु,’ करिश्माले लेखेकी छन् । उनले कलाकार र महिलाको हिसाबमा रेखालाई भोट गर्न भनेकी छन् ।
स्थानीय तहको निर्वाचनअघि करिश्मा एमाले प्रवेश गरेकी हुन् । तर, एमालेले उनलाई न स्थानीय तहमा कुनै पद दियो न प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार नै बनायो । उनी एमालेको चुनाव प्रचारप्रसारमा त्यति सक्रिय भएकी छैनन् ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया