एमाले प्रवेश गरेकी नायिका करिश्माले मागिन राप्रपाकी उम्मेदवार रेखालाई भोट

काठमाडौं । अभिनेत्री एवं एमाले नेतृ करिश्मा मानन्धरले राप्रपा उम्मेदवार रेखा थापालाई भोट मागेकी छन् । रेखा मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छन् । सो क्षेत्रमा एमालेबाट भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट डा।सुनिल शर्मा उम्मेदवार बनेका छन् । ढकाल सोही क्षेत्रका निवर्तमान सांसदसमेत हुन् । आफ्नै पार्टीको उम्मेदवार ढकाललाई नभई करिश्माले रेखा थापाका लागि सामाजिक सञ्जालमार्फत भोट मागेकी छन् ।
‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका सम्बाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारहरुले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्याउने हो । यो संघर्षमा सामिल योद्धा । रेखा थापालाई भोट गर्न मोरङ डिस्ट्रिक्टलाई आग्रह गर्दछु,’ करिश्माले लेखेकी छन् । उनले कलाकार र महिलाको हिसाबमा रेखालाई भोट गर्न भनेकी छन् ।
स्थानीय तहको निर्वाचनअघि करिश्मा एमाले प्रवेश गरेकी हुन् । तर, एमालेले उनलाई न स्थानीय तहमा कुनै पद दियो न प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार नै बनायो । उनी एमालेको चुनाव प्रचारप्रसारमा त्यति सक्रिय भएकी छैनन् ।
















उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया