उपेन्द्रको भन्दा ठूलो दल बन्न लोसपाको तयारी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशकै पाँचौँ शक्ति बन्ने लक्ष्य राखेको छ । कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी पार्टीपछिको शक्ति बन्ने उसको लक्ष्य छ ।
सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका शक्तिसँगको गठबन्धनमा मधेसमा चुनाव लड्न लागेको लोसपाले गठबन्धनको बलमा यसपटक उपेन्द्र यादवको भन्दा ठूलो शक्ति बन्ने दाउमा लागेको छ ।
सत्ता गबठन्धनको साथमा उसले मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभातर्फ १६ सिट पाएको छ । सर्लाही २ मा लोसपा सत्ता गठबन्धनका उम्मेदवारसँग पनि मित्रवत प्रतिस्पर्धामा छ ।
गठबन्धन भएका ७ ओटै निर्वाचन क्षेत्रमा जितिने र मित्रवत प्रतिस्पर्धामै रहेको सर्लाही २ मा पनि पार्टी नेता राजेन्द्र महतोले जित्ने आकलन उसको छ । यस आधारमा उसले कम्तीमा ६ देखि ८ प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फ जित्ने र समानुपातिक तर्फ कम्तीमा १० सिट जित्ने लक्ष्य अहिले लोसपाले बनाएको छ ।
यसो गर्दा कम्तीमा २० हाराहारी सिट प्राप्त गरेर देशकै पाँचौं शक्ति बन्न सकिने विश्वासमा लोसपाका नेताहरु छन् । ‘हामी कम्तीमा मधेसमा पनि उपेन्द्रको पार्टीभन्दा ठूलो पार्टी बन्नेछौं, समग्रमा देशकै ठूला भनिएका दल लगत्तैको पार्टी बन्छौं । जसपाभन्दा ठूलो बन्ने सम्भावना हाम्रो छ,’ लोसपाका नेता केशव झाले बताए । पार्टी अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा, शरदसिंह भण्डारी लगायतका नेताहरुले चुनाव सहज जित्ने लोसपाको जिकिर छ ।
तर लोसपालाई एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय पार्टी नबने घोषणा गर्दै आइरहेका छन् । ‘प्रत्यक्षमा झुक्किएर कहीँ कतै जितिहाले थ्रेसहोल्ड लोसपाले कटाउन सक्दैन, उ राष्ट्रिय पार्टी बन्दै बन्दैन,’ ओलीको भनाइ छ । लोसपाको टुटफुट र विभाजन हेर्दा उसले थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बन्न यसपटकको चुनावमा अग्निपरिक्षा नै भने देखिएको छ ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया