क्लब फरेनहाइटमा एक्सिस लाइभ इन काठमाडौं

काठमाडौं / साङ्गीतिक व्याण्ड ‘एक्सिस’ पाँच वर्षपछि काठमाडौंमा ‘एक्सिस लाइभ इन काठमाडौं’मार्फत दर्शक माझ गुञ्जिने भएको छ । पीभीइ नेटवर्कको व्यवस्थापनमा आगामी मङ्सिर १६ गते शुक्रबार अर्थात् डिसेम्बर २ मा क्लबफरेनहाइटमा एक्सिसले कार्यक्रम गर्न लागेको हो ।
पाँच वर्षअघि एक्सिसले नेपालमा दर्शकको हाउसफूल उपस्थितिमा कन्सर्ट गरेको थियो । यो कन्सर्ट पछि एक्सिसले नेपाल बाहिर धेरै सफल कार्यक्रम गरेर दर्शकलाई मनोरञ्जन दिएको थियो ।
पीभीइ नेटवर्कका अनुसार एक्सिसको प्रस्तुती अघि झिल्के एण्ड द कम्पनीले दर्शकलाई झुमाउनेछ । पीभीइले प्रायोजक, कलाकार, इभेन्ट मेनेजमेन्ट कम्पनी, प्रोडक्सट टिम र मनोरञ्जनका अन्य क्षेत्रलाई नयाँ अनुभव दिन कार्यक्रम गर्न लागेको जनाएको छ ।
नेपालमै पहिलोपटक लाइट, साउण्ड, एलइडी, क्यामरादेखि कलाकारको कोरियोग्राफीमा सम्बन्धित क्षेत्रका विज्ञको डिजाइनमा सेट तयार पारिनेछ । कार्यक्रमको प्री–सेल्स टिकट सबै सोल्ड आउट भएको छ र कार्यक्रमका लागि १ हजार र १५ सय टिकट मूल्य निर्धारण गरिएको छ ।
एक्सिसको स्थापना सन् २००३ मा भएको हो । विश्व अनलाइन स्ट्रिम प्लेटफमको रेङ्किङ अनुसार नेपालभरीको बेण्ड क्याटेगोरीमा नेपथ्य, १९७४ एडी, अल्बट्रस र द एज भन्दा पहिलो स्थानमा एक्सिस रहेको छ । बार, क्लब र रेष्टुरेन्टमा गीत नगाउने यो व्याण्डले पहिलोपटक क्लबफरेनहाइटमा क्लोज इभेन्टमा प्रस्तुती दिँदैछ ।
व्याण्डले हालसम्म ‘ब्ल्याक एण्ड ह्वाइट(२००४)’, ‘माफ गरिदेउ(२००९)’, र ‘गाउँ घर (२०१७)’ गरी तीन एलबम श्रोता तथा दर्शकमाझ ल्याइसकेको छ ।
यता सन् २०१९ मा स्थापना भएको इन्डी रक व्याण्ड झिल्के एण्ड द कम्पनीलाई दर्शकले निकै मनपराएका छन् । यो व्याण्ड पछिल्लो पटक युवा दर्शकको रोजाइमा परेको छ । यो व्याण्डका ‘पंक्षीहरु’, ‘मलाई केही आउँदैन’, ‘निलो सुटकेस’ र ‘झिल्के फायर’ गीत छन् । यो व्याण्डले गत जुनमा ‘जवानीको जोश’ नामको एलबम बजारमा ल्याएको थियो ।
















इलाममा हटाइयो चियाको न्यूनतम समर्थन मूल्य
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
सुनको मूल्य प्रतितोला दुई हजार २०० ले बढ्यो, चाँदीको घट्यो
घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु
Twenty-six injured in bus accident
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया