कान्ये र किमको औपचारिक रुपमा टुट्यो सम्बन्ध

लसएञ्जल्स / हलिउडको लोकप्रिय र्यापर कान्ये वेस्ट र रियालिटी टीभी स्टार किम कार्दाशियनबीच सम्बन्धविच्छेदको सम्झौता पूरा भएको छ । सम्झौताको एक हिस्साका रूपमा कान्यले बच्चाका लागि किमलाई हरेक महिना एक लाख डलर भुक्तान गर्नुपर्नेछ । अदालतको दस्तावेजमा पूर्वजोडीले आफ्नो चार सन्तानलाई संयुक्त रूपमा स्याहानुपर्ने उल्लेख छ ।
चार सन्तानको खर्चका अलावा कान्येले उनीहरूको पढाइमा हुने खर्चको ५० प्रतिशत हिस्सा आफूले व्यहोर्ने छन् । दुवैको सन्तानको उमेर ३ देखि ९ वर्षको बीचको छ । यो सम्झौताअनुसार यदि चार बच्चामध्ये कुनै एकको सम्बन्धमा विवाद भएमा दुवैले मध्यस्थता गर्नुपर्नेछ ।
सम्पत्तिको सवालमा उनीहरूको विवाहअघि नै यसको भागबन्डा भइसकेको छ । किम र कान्येले दुई वर्षको डेटपछि सन् २०१४ मा विवाह गरेका थिए । सन् २०२१ मा किमले सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएकी थिइन् ।















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया