कान्ये र किमको औपचारिक रुपमा टुट्यो सम्बन्ध

लसएञ्जल्स / हलिउडको लोकप्रिय र्यापर कान्ये वेस्ट र रियालिटी टीभी स्टार किम कार्दाशियनबीच सम्बन्धविच्छेदको सम्झौता पूरा भएको छ । सम्झौताको एक हिस्साका रूपमा कान्यले बच्चाका लागि किमलाई हरेक महिना एक लाख डलर भुक्तान गर्नुपर्नेछ । अदालतको दस्तावेजमा पूर्वजोडीले आफ्नो चार सन्तानलाई संयुक्त रूपमा स्याहानुपर्ने उल्लेख छ ।
चार सन्तानको खर्चका अलावा कान्येले उनीहरूको पढाइमा हुने खर्चको ५० प्रतिशत हिस्सा आफूले व्यहोर्ने छन् । दुवैको सन्तानको उमेर ३ देखि ९ वर्षको बीचको छ । यो सम्झौताअनुसार यदि चार बच्चामध्ये कुनै एकको सम्बन्धमा विवाद भएमा दुवैले मध्यस्थता गर्नुपर्नेछ ।
सम्पत्तिको सवालमा उनीहरूको विवाहअघि नै यसको भागबन्डा भइसकेको छ । किम र कान्येले दुई वर्षको डेटपछि सन् २०१४ मा विवाह गरेका थिए । सन् २०२१ मा किमले सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएकी थिइन् ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया