शाही सदस्य हुँदा मेघन मर्केललाई ज्यान मार्ने धम्की
लन्डन।बेलायती राजकुमार ह्यारीकी पत्नी मेघन मर्केल ( डचेस अफ ससेक्स) ले ‘घृणित’ खतराहरूको सामना गर्नुपरेको बेलायतका सबैभन्दा वरिष्ठ पुलिस अधिकारीले बताएका छन् । काउन्टर टेररिज्मको प्रमुखको हैसियतमा उनले मेघन मार्कल र उनका पति प्रिन्स ह्यारी विरुद्ध अति दक्षिणपन्थी चरमपन्थीहरूको धम्कीको सामना गर्नुपरेको नील बसुले बताए ।
४ न्युज समाचारसँगको एक अन्तर्वार्ता उनले सो भनाई राखेका हुन् । उनको भनाई राजकुमार ह्यारीले आफूलाई सुरक्षा खतरा रहेको भन्ने यसअघि गरेको दाबीसँग मेल खान्छ । मिश्रित जाति पूर्व टेलिभिजन अभिनेता मेघनले सन् २०१८ मा राजा चार्ल्स तृतीयको कान्छो छोरासँग विवाह गरेकी थिइन् । उनीहरूले सन् २०२० मा शाही जीवन त्यागेर अमेरिका गएका थिए ।
लन्डनको मेट्रोपोलिटन पुलिस सेवाबाट ३० वर्षपछि राजीनामा दिँदै गरेका ५४ वर्षीय बासुलाई मेघनको जीवनमा साँचो खतरा छ कि भनेर सोधिएको थियो। त्यसको जबाफमा उनले ‘बिल्कुल’ भन्दै धम्कीहरूलाई ‘घृणित र धेरै वास्तविक’ भनेका थिए ।एजेन्सी
















भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया