पाकिस्तानी दूतावासमा हमलाः सशस्त्र समूह आइएसआईएसले लियो जिम्मा

काबुल । सशस्त्र विद्रोही समूह आइएसआईएसले शनिबार काबुलमा रहेको पाकिस्तानी दूतावासमा भएको आक्रमणको जिम्मा लिएको छ, । सो हमलालाई इस्लामाबादले “हत्याको प्रयास“ भनेको छ ।
अफगानिस्तानको राजधानीमा शुक्रबार भएको आक्रमणमा एक सुरक्षा गार्ड घाइते भएका थिए । जिहादी मनिटर एसआइटीईद्वारा उद्धृत एक विज्ञप्तिमा इस्लामिक स्टेटको क्षेत्रीय शाखाले ‘धर्मत्यागी पाकिस्तानी राजदूत र उनका गार्डहरूमाथि आक्रमण गरेको’ बताएको छ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले यसलाई मिसनका प्रमुखमाथि “हत्याको प्रयास“ भन्दै छानबिनको माग गरेका छन् ।
काबुल प्रहरीका प्रवक्ताले सुरक्षा बलहरूले नजिकैको भवनमा आक्रमण गरेपछि एकजना संदिग्धलाई पक्राउ गरिएको र दुईवटा हल्का हतियार बरामद गरिएको बताए। पाकिस्तानले अफगानिस्तानको तालिबान सरकारलाई आधिकारिक रूपमा मान्यता दिएको छैन, तर गत वर्ष अगस्टमा कट्टरपन्थी इस्लामवादीहरूले सत्तापलट गरेपछि पनि उसले आफ्नो दूतावास खुला राखेको छ । एजेन्सी
















आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया