गीत सङ्गीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नु पर्छ : नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मौलिकतामा आधारित गीत, सङ्गीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नु पर्ने बताएका छन् ।
स्वरसम्राट नारायण गोपालको ३२ औँ पुण्यस्मृतिका अवसरमा नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नेपाली गीत, सङ्गीतमा मौलिकता हराउन लागेको यसलाई जोगाउनु पर्ने बताए ।
काठमाडौँ ५ बाट नवनिर्वाचित सांसद पौडेलले मौलिकतासँग नजोडिएको सभ्यता, संस्कृति र मानव बस्ती हुन नसक्ने उल्लेख गर्दै पछिल्लो पुस्तालाई मौलिकतामा आधारित गीत सङ्गीत हस्तान्तरण गर्नु पर्ने बताएका हुन् । मौलिकतामा आधारित गीत, सङ्गीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने वातावरण राज्यले बनाउनु पर्ने उनको भनाइ थियो ।
उनले गीतकार तथा सङ्गीतकारले राष्ट्रको प्रतिविम्ब झल्काउने बताएका छन् । गीतकार, सङ्गीतकारलाई सम्मान गर्न राज्यले विशेष ध्यान दिनु पर्ने उनको भनाइ थियो ।
नेता पौडेलले पश्चिमा राष्ट्रले आफ्नो सभ्यतासँग जोडेर सङ्गीत र गीतको विकास गरिरहेको भए पनि नेपाली गीत, सङ्गीत पछाडि परिरहेको उल्लेख गरे । सोही अवसरमा नेपालको गीत सङ्गीतको क्षेत्रमा विशेष योगदान दिने व्यक्तिलाई सम्मान गरिएको थियो ।







ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया