गीत सङ्गीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नु पर्छ : नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मौलिकतामा आधारित गीत, सङ्गीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नु पर्ने बताएका छन् ।
स्वरसम्राट नारायण गोपालको ३२ औँ पुण्यस्मृतिका अवसरमा नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नेपाली गीत, सङ्गीतमा मौलिकता हराउन लागेको यसलाई जोगाउनु पर्ने बताए ।
काठमाडौँ ५ बाट नवनिर्वाचित सांसद पौडेलले मौलिकतासँग नजोडिएको सभ्यता, संस्कृति र मानव बस्ती हुन नसक्ने उल्लेख गर्दै पछिल्लो पुस्तालाई मौलिकतामा आधारित गीत सङ्गीत हस्तान्तरण गर्नु पर्ने बताएका हुन् । मौलिकतामा आधारित गीत, सङ्गीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने वातावरण राज्यले बनाउनु पर्ने उनको भनाइ थियो ।
उनले गीतकार तथा सङ्गीतकारले राष्ट्रको प्रतिविम्ब झल्काउने बताएका छन् । गीतकार, सङ्गीतकारलाई सम्मान गर्न राज्यले विशेष ध्यान दिनु पर्ने उनको भनाइ थियो ।
नेता पौडेलले पश्चिमा राष्ट्रले आफ्नो सभ्यतासँग जोडेर सङ्गीत र गीतको विकास गरिरहेको भए पनि नेपाली गीत, सङ्गीत पछाडि परिरहेको उल्लेख गरे । सोही अवसरमा नेपालको गीत सङ्गीतको क्षेत्रमा विशेष योगदान दिने व्यक्तिलाई सम्मान गरिएको थियो ।















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया