पेरुमा संसद भंग गर्न खोजेपछि राष्ट्रपतिलाई महाअभियोग, डिना बनिन् देशको पहिलो महिला राष्ट्रपति

लिमा । पेरुमा पहिलो पटक महिला राष्ट्रपति चुनिएकी छिन् । डिना बोलुआर्टे पहिलो राष्ट्रपतिमा चुनिएकी हुन् । संसद भंग गर्ने प्रयास गरेको केही घण्टापछि पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई महाभियोग लगाइएको थियो र उपराष्ट्रपति बोलुआर्टेलाई राष्ट्रपति घोषणा गर्दै सपथ खुवाइएको थियो ।
अघिल्लो दिन कास्टिलोले साधारण आपतकालीन सरकार बनाउने बताएका थिए । तर, सांसदहरूले यसलाई बेवास्ता गरे र आपतकालीन बैठक बोलाएर उनलाई महाभियोग लगाए । उनलाई हिरासतमा लिई विद्रोहको आरोप लगाइएको छ ।
६० वर्षीय वकिल बोलुआर्टेले आफूले जुलाई २०२६ सम्म शासन गर्ने बताइन्, जुन बेला कास्टिलोको राष्ट्रपतिको कार्यकाल समाप्त हुनेछ ।
सपथ ग्रहण गरेपछि बोल्दै उनले मुलुकमा देखिएको संकट समाधानका लागि राजनीतिक युद्धविरामको आह्वान गरिन् । ‘मैले के अनुरोध गर्छु भने अहिले देश बचाउने समय हो’, उनले भनिन् ।
बुधवार नाटकीय श्रृंखला त्यतिबेला सुरु भएको जतिबेला राष्ट्रपति पेड्रो कास्टिलोले राष्ट्रिय टेलिभिजनमार्फत एक सम्बोधनमा आपतकालीन अवस्था घोषणा गरे ।कास्टिलोले आफूविरुद्ध नयाँ महाभियोग प्रक्रिया सुरु हुनु केही घण्टाअघि कांग्रेस भंग गर्ने प्रयास गरेका थिए ।एजेन्सी
















निष्पक्ष र पारदर्शीरुपले सभामुखको कार्यसम्पादन गर्नेछु : ज्येष्ठ सदस्य केसी
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
सुनसान सिंहदरबार
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया