पेरुमा संसद भंग गर्न खोजेपछि राष्ट्रपतिलाई महाअभियोग, डिना बनिन् देशको पहिलो महिला राष्ट्रपति

लिमा । पेरुमा पहिलो पटक महिला राष्ट्रपति चुनिएकी छिन् । डिना बोलुआर्टे पहिलो राष्ट्रपतिमा चुनिएकी हुन् । संसद भंग गर्ने प्रयास गरेको केही घण्टापछि पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई महाभियोग लगाइएको थियो र उपराष्ट्रपति बोलुआर्टेलाई राष्ट्रपति घोषणा गर्दै सपथ खुवाइएको थियो ।
अघिल्लो दिन कास्टिलोले साधारण आपतकालीन सरकार बनाउने बताएका थिए । तर, सांसदहरूले यसलाई बेवास्ता गरे र आपतकालीन बैठक बोलाएर उनलाई महाभियोग लगाए । उनलाई हिरासतमा लिई विद्रोहको आरोप लगाइएको छ ।
६० वर्षीय वकिल बोलुआर्टेले आफूले जुलाई २०२६ सम्म शासन गर्ने बताइन्, जुन बेला कास्टिलोको राष्ट्रपतिको कार्यकाल समाप्त हुनेछ ।
सपथ ग्रहण गरेपछि बोल्दै उनले मुलुकमा देखिएको संकट समाधानका लागि राजनीतिक युद्धविरामको आह्वान गरिन् । ‘मैले के अनुरोध गर्छु भने अहिले देश बचाउने समय हो’, उनले भनिन् ।
बुधवार नाटकीय श्रृंखला त्यतिबेला सुरु भएको जतिबेला राष्ट्रपति पेड्रो कास्टिलोले राष्ट्रिय टेलिभिजनमार्फत एक सम्बोधनमा आपतकालीन अवस्था घोषणा गरे ।कास्टिलोले आफूविरुद्ध नयाँ महाभियोग प्रक्रिया सुरु हुनु केही घण्टाअघि कांग्रेस भंग गर्ने प्रयास गरेका थिए ।एजेन्सी










रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया