चार वर्षपछि मकरीगाड हाइड्रोपावरमा ठाकुरको पुनःवहाली

काठमाडौं । श्रम अदालतले मकरीगाड हाइड्रोपावर प्रालिमा कार्यरत प्रमुख कार्यकारी अधिकृत पुजा चन्द ठाकुरलाई पुनःवहाली गर्ने फैसला गरेको छ । अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य प्रेमकुमार राईको संयुक्त इजलाशले यही मङ्सिर १४ गते पुनःवहाली गर्ने फैसला गरेको हो ।
हाइड्रोपावरले बर्खास्त गरेपछि पुनःवहालीको माग गरी श्रम अदालतमा चलेको मुद्दामा चार वर्षपछि ठाकुरलाई सेवाबाट हटाएको मितिदेखि पारिश्रमिक तथा सम्पूर्ण सेवा सुविधासहित पुनःवहाली गर्न भनिएको छ ।
विसं २०७५ मङ्सिर ७ गते ठाकुरलाई हटाउने निर्णय गरिएको थियो । उक्त निर्णय बदर गर्न माग गर्दै ठाकुरले जिल्ला अदालत काठमाडौँ, श्रम तथा रोजगार कार्यालय काठमाडौँ तथा श्रम अदालत लगायतका निकायमा लामो समयदेखि मुद्दा खेप्दै आउनुभएको थियो ।
व्यवस्थापन पक्षले पदमा समेत सम्झौता नगरी काममा लगाएको र सेवाबाट हटाउँदा सूचना नदिइ हटाएकाले व्यवस्थापनको निर्णय गैरकानुनी भएको हुँदा उक्त निर्णय बदर भएको जनाइएको छ ।
अदालतको फैसला बमोजिम ठाकुरको सेवामा पुनःवहाली नभएसम्मको पारिश्रमिक, सेवा, सुविधासमेत गरी करिब रु एक करोड दिन र सेवामा पुनःवहाली गर्न आदेश भएको छ ।
श्रम ऐन, २०७४ को कानुनी व्यवस्था विपरीत सेवाबाट हटाएको अवस्थामा उक्त ऐनको दफा १७२(१) बमोजिम सेवामा पुनःवहाली भई सेवा सुविधा पाउने कानुनी व्यवस्था रहेको छ ।

















संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तनाव कम गर्न आह्वान
उदयपुरको त्रियुगा नदीमा झोलुङगे पुल निर्माण
पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो
अष्ट्रेलियाको तेल सुरक्षा रणनीति: घरेलु कारखाना अनुदानमा संशोधन
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया