सोमबार, वैशाख २१, २०८३

ग्वाटेमालामा ज्वालामुखी विस्फोटः विमानस्थल, राजमार्ग अवरुद्ध

मेरोन्यूज २०७९ मंसिर २६ गते ७:४१

काठमाडौँ । मध्य अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्ये एउटा ज्वालामुखी फेरि विष्फोट भएको छ । विस्फोटपछि लाभा र खरानी फैलिएको छ ।

Advertisement
NiccNicc

आइतबार ग्वाटेमाला शहरका अधिकारीहरूलाई देशको सबैभन्दा ठूलो विमानस्थल र प्रमुख राजमार्ग बन्द गर्न बाध्य पारेको छ । फुएगो नामको ज्वालामुखी शनिबार र आइतबार राति सक्रिय भएको हो ।

पग्लिएको चट्टान र धुँवा आकाशमा दुई किलोमिटरमाथि पुगेको थियो । बतासले खरानीलाई ३५ किलोमिटर (२२ माइल) टाढा ग्वाटेमाला सिटीतर्फ पुर्याएको थियो । 

राजधानीबाट ६ किलोमिटर दक्षिणमा रहेको ला अरोरा अन्तर्राष्ट्रिय विमानस्थललाई मध्यरातमा अस्थायी रूपमा बन्द गरिएको सिभिल एरोनटिक्सको महानिर्देशनालयले एक विज्ञप्तिमा भनेको छ । धावनमार्ग नजिकै खरानी फैलिएको थियो । 

प्रतिक्रिया