आइतबार, वैशाख ६, २०८३

भारतीय र चिनियाँ सैनिकबीच झडप, कैयौं घाइते

मेरोन्यूज २०७९ मंसिर २६ गते २१:५२

काठमाडौं । भारत र चीनका सैनिकहरूबीच फेरि सीमामा झडप भएको छ। भारतीय समाचार पत्र द हिन्दुका अनुसार अरूणाचलको सिमानामा गत शुक्रबार झडप हुँदा कैयौं भारतीय सैनिकहरू घाइते भएका छन्। याङ्जी तवाङ क्षेत्रमा भएको झडपका क्रममा चिनियाँ सैनिक पनि घाइते भएको उल्लेख गरेको छ। घाइते भएका भारतीय सैनिकहरूलाई उपचारका लागि गुवाहटी लगिएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सन् २०२० को जुनमा लद्दाखको गल्वान उपत्यकामा चिनियाँ र भारतीय सैनिकबीच झडप भएको थियो। उक्त झडपमा २० जना भारतीय सैनिक मारिएका थिए। उक्त झडपमा मारिएका आफ्ना सैनिकबारे चीनले औपचारिक जानकारी दिएको छैन।

उक्त घटनापछि दुई देशका सैनिकबीच फेरि झडप भएको हो।

प्रतिक्रिया