फ्रान्सेली राष्ट्रपति म्याक्रोनले यसकारण आह्वान गरे युक्रेनबारे सम्मेलन

पेरिस । फ्रान्सले युक्रेनको क्षतिग्रस्त पूर्वाधारको मर्मतका लागि सामग्री र पैसा जुटाउनका साथै रुसविरुद्धको किभको लडाइमा पेरिसको जारी समर्थनलाई जोड दिने उद्देश्यले अन्तर्राष्ट्रिय सम्मेलन आह्वान गरेका छन् ।
युक्रेन युद्धको बारेमा ताजा टिप्पणीपछि किभमा विवादमा तानिइरहेका बेला फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले राजनीतिज्ञहरू, ब्लु–चिप कम्पनीहरू र सहायता निकायहरूको भेला मंगलबार आह्वान गरेका हुन् ।
म्याक्रोनले डिसेम्बर ३ मा एक अन्तर्वार्ताको क्रममा रसियालाई युद्धको अन्त्यमा ‘सुरक्षा ग्यारेन्टी’ प्रस्ताव गर्न आह्वान गरेका थिए, जसको केही युक्रेनी र पूर्वी युरोपेली राजनीतिज्ञहरूले आलोचना गरेका थिए ।
फ्रान्सेली नेता र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच आइतवार टेलिफोन संवाद भएको थियो ।
फ्रान्सेली राष्ट्रपति कार्यालयका अनुसार म्याक्रोनले ‘राष्ट्रपति जेलेन्स्कीलाई युक्रेनले आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई पूर्ण रूपमा पुनसर््थापित गर्न आवश्यक भएसम्म फ्रान्सको समर्थनमा भर पर्न सक्ने स्मरण ’ गराएका थिए ।
‘युक्रेनी जनतासँग ऐक्यबद्धता’ नाम दिइएको उक्त सम्मेलनको पहिलो भागलाई दुबै नेताले सम्बोधन गर्ने कार्यक्रम छ । म्याक्रोन व्यक्तिगत रूपमा र जेलेन्स्की भिडियो लिंकमार्फत सम्बोधन गर्नेछन् । एजेन्सी

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
प्रतिक्रिया