बलिउड अभिनेता विवेक ओबराय काठमाडौंमा, दश दिन नेपाल बस्ने

काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय काठमाडौं आईपुगेका छन् । उनी सपरिवार काठमाडौं आएका हुन् । नेपाली व्यवसायी पुनम यादवको पहलमा बुधबार बेलुकी ओबराय परिवारसहित नेपाल भ्रमणमा आएका हुन् । उनी दश दिनसम्म नेपालमा रहनेछन् ।
उनले पशुपतिनाथ मन्दिरको दर्शनसँगै नेपालका पर्यटकीयस्थलमा घुम्ने कार्यक्रम छ ।
विहिबार विहान पशुपति दर्शनपछि चन्द्रागिरी घुम्ने र त्यसपछि जहाजबाट पोखरा जाने उनको भ्रमण तालिका छ । प्याराग्लाइडिङ, बन्जीजम्प, जीप फलायर गर्दै पोखरा घुम्ने उनको योजना छ ।
त्यसपछि उनी धौलागिरि हिमालको अवलोकन गर्न म्याग्दीको प्रसिद्ध घोरेपानी पुग्नेछन् । त्यहाँको छोटो पदयात्रापछि उनी पोखराबाट भैरहवा जानेछन् र लुम्बिनी दर्शन गर्नेछन् ।
बुद्ध थन्मथलो लुम्बिनीको तिलौराकोट भ्रमणपछि भैरहवामा आयोजना हुने मिट एण्ड ग्रीट कार्यक्रममा उनले सहभागिता जनाउनेछन् । सोही दिन काठमाडौं फर्किने उनी २४ डिसेम्बरमा भारत फर्कने कार्यक्रम छ ।
बुधबार बेलुका ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनलाई नेपालको राष्ट्रिय झण्डा प्रदान गरियो भने नेपाली ढाकाटोपी पनि लगाइयो । विमानस्थलमा मिडियासँग उनले नेपाल भ्रमणको उद्देश्यबारे संक्षिप्त कुराकानी गरे ।
उनले भने, ‘म यसअघि नेपाल आएको छैन । बुवाआमा कैंयनपटक आउनुभएको छ । मलाई पशुपतिनाथको दर्शन गर्नुथियो र बच्चाहरुलाई नेपाल देखाउनुथियो । नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध रहिआएको छ । मलाई लाग्छ, बच्चाहरुलाई पनि नेपाल देख्नुपर्छ र मैले पनि हेर्नुपर्छ । मलाई लुम्बिनी र पोखरा घुम्न मन छ ।’















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया