पशुपति दर्शनपछि बलिउड अभिनेता विवेकले भने-मन शान्त भएको अनुभूति भयो
मेरोन्यूज
२०७९ मंसिर २९ गते १२:२१

काठमाडौं । बलिउड अभिनेता विवेक ओबरायले आज (बिहीबार) बिहान पशुपतिनाथ दर्शन गरेका छन् । सपरिवार नेपाल घुम्न आइपुगेका ओबरायले पशुपतिमा पूजाअर्चना गरे ।
झण्डै एक घण्टा मन्दिरमा बिताएको ओबराय परिवारलाई हेर्न फ्यान झुम्मिएका थिए । विवेकका पिता सुरेश भारतका प्रसिद्ध टेलिभिजन पर्सनालिटी समेत हुन् ।
नेपालमा समेत बाबु र छोराको राम्रै फ्यान फलोइङ छ । पशुपतिमा पूजापछि बाहिरिंदा गर्दा उनीहरुले फ्यानसँग तस्वीर खिचाए । पशुपतिमा पूजाका लागि आउने धोको पहिल्यैदेखि भएको र अहिले आउँदा मन शान्त भएको कुरा विवेकले बताएका थिए ।आजै उनीहरु पोखरातर्फ प्रस्थान गर्नेछन् । पोखरामा साहसिक खेलसहित घुमघाम गरेर उनीहरु अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दीको घोरेपानीस्थित पुनहिलमा पदयात्रामा निस्कनेछन् ।
सम्बन्धित















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया