तनहुँका नौ जना विदेशमा सम्पर्कविहीन

काठमाडौँ । तनहुँका नौ जना वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएर लामो समयसम्म घरपरिवारसँग सम्पर्कमा नआउने गरेका छन् ।
घरपरिवारसँग धेरै वर्षसम्म सम्पर्कमा नआएका जिल्लाका नौ रहेको आप्रवासी कामदार हकहित संरक्षण केन्द्र तनहुँका अध्यक्ष दीपेन्द्र खनालले जानकारी दिए ।
वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएर घरपरिवारसँग लामो समयदेखि सम्पर्कविहीन भएका उनले बताए । वैदेशिक रोजगारीमा गएको नौदेखि २० वर्षसम्मका रहेका जनाइएको छ ।
वैदेशिक रोजगारीमा मलेसिया गएदेखि (२० वर्ष) हालसम्म ऋषिङ गाउँपालिका ७ का ओमप्रकाश परियार परिवारसँग सम्पर्कमा नआएका उनले बताए । त्यस्तै दुवई गएको १५ वर्षदेखि व्यास नगरपालिका–४ का सुरेन्द्र खनाल, मलेसिया गएको १५ वर्षदेखि म्याग्दे गाउँपालिका–१ का कृष्णबहादुर सिजाली मगर, मलेसिया गएको ११ वर्षदेखि व्यास नगरपालिका–९ का शङ्कर गैरे, मलेसिया गएको ११ वर्षदेखि म्याग्दे गाउँपालिका–२ का दिलबहादुर गुरुङ रहेका छन् ।
यस्तै, मलेसिया गएको नौ वर्षदेखि म्याग्दे–५ का बमबहादुर गुरुङ, दुबई गएको नौ वर्षदेखि म्याग्दे–२ का सुदर्शन रानाभाट, व्यास –६ का शमशेर विक र भानु नगरपालिका–२ का पदमराज दाहाल हालसम्म घरपरिवारसँग सम्पर्कमा नआएको उनले जानकारी दिए ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया