मेसीले पाए बीबीसीको वर्ल्ड स्पोर्ट स्टार अफ दी इअर अवार्ड

काठमाडौं । विश्व विजेता अर्जेन्टिनी फुटबल टिमका कप्तान लियोनल मेसीले बीबीसी स्पोर्ट पर्सनालिटी अन्तर्गत वर्ल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड प्राप्त गरेका छन् ।
बेलायती मिडिया बीबीसीले मेसीलाई २०२२ को लागि यो अवार्ड प्रदान गरेको हो । ३५ वर्षीय मेसीले आइतबार कतारमा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप उपाधि दिलाएका थिए । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै तेस्रो पटक उपाधि जित्दा मेसीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
मेसीको यो पहिलो विश्वकप उपाधि हो । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट व्यवसायिक फुटबल खेल्ने मेसीले कतार विश्वकपमा गोल्डेन बल समेत जितेका थिए ।
मेसीले यस विश्वकपमा ७ खेलमा ७ गोल गरे । उनले ७ मध्ये ६ खेलमा गोल गरेका थिए भने फाइनलमा २ गोल गरेका थिए ।
विश्वकप उपाधि जितेपछि मेसी विश्वकै महान खेलाडीको सूचीमा समावेश भएका छन् र पेले र म्याराडोनाको लेभलमा पुगेका छन् । मेसीले गत वर्ष अमेरिकाका लागि कोपा अमेरिका जितेका थिए ।
मेसीले सर्वाधिक ७ पटक बालोन डी’ओर अवार्ड समेत जितेका छन् । साथै उनले चार पटक च्याम्पियन्स लिग, १० ला लिगा र एक पटक फ्रेन्च लिग वानको उपाधि पनि जितेका छन् ।
मेसीले अर्जेन्टिनाका लागि १७२ खेल खेल्दै ९८ गोल गरेका छन् । मेसीले आफ्नो करियरमा कूल ७९३ गोल गरेका छन् ।
अर्जेन्टिनालाई पहिलो उपाधि दिलाएपछि मेसीले सन्यास नलिने समेत प्रष्ट पारेका छन् र विश्व च्याम्पियन खेलाडीको रुपमा अझै खेल्ने चाहना भएको बताएका छन् ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया