विश्वकप ट्रफी अनावरणमा किन छानिइन् दीपिका ?

मुम्बई । अभिनेत्री दीपिका पादुकोण बलिउडको सुन्दर, स्टाइलिस र प्रतिभावान अभिनेत्रीमा पर्छिन् । यिनै दीपिका गत १८ डिसेम्बर अर्थात् कतारमा समापन भएको फिफा विश्वकपको फाइनलमा देखापरिन् ।
अर्जेन्टिनाले जितेको यसपटकको विश्वकपको फाइलनमा दीपिकाले लुसेल स्टेडियममा पूर्व स्पेनिस गोलकिपर इकर कासिलासका साथ फिफा विश्वकप २०२२ को ट्रफी अनावरण गरेकी थिइन् ।
यो ट्रफी अनावरण गर्ने दीपिका पहिलो ग्लोबल स्टार हुन् । अहिले दीपिकालाई यो ट्रफी अनावरण गर्न किन छनोट गरियो भन्ने विषयमा सर्वत्र चासो छ । यो ट्रफी १८ क्यारेट सुनबाट बनाइएको थियो । यो ट्रफीलाई विशेष व्यक्तिले मात्र छुन पाउँछन् । धेरैले दीपिका आफ्नो फिल्म ‘पठान’को प्रमोसनका लागि त्यहाँ पुगेको बताउँदै आएका छन् ।
तर यो ट्रफी केस इन्टरनेसनल लग्जरी ब्राण्ड लुई विटोनले डिजाइन गरेको हो । दीपिका यसको ब्राण्ड एम्बासेडर हुन् । यहीकारण दीपिकाले ट्रफीको अनावरण गर्ने मौका पाएकी हुन् ।















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया