आजदेखि पोखरामा ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु

पर्यटकीय सहर पोखरामा बुधबारदेखि दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु हुँदैछ । फेवा किनारको बाराहीघाटमा छ दिनसम्म चल्ने फेस्टिभलको तयारी पूरा भएको आयोजक बुकवर्म फाउण्डेशनले जनाएको छ ।
प्रचारदेखि व्यवस्थापकीय तयारीका काम सकिएको फेस्टिभलका सदस्य केशवशरण लामिछानेले बताए । “महोत्सवस्थल तयार भइसकेको छ, अतिथि र सहभागीहरू आउने क्रम सुरु भएको छ”, उनले भने।
बुधबार साँझ कवि नवराज पराजुली र गायक उज्ज्वल सागरको प्रस्तुतिबाट फेस्टिभलको शुभारम्भ गरिनेछ । फेस्टिभलमा देश–विदेशका कवि, लेखक, राजनीतिज्ञ, कलाकार, सङ्गीतकर्मीलगायत गरी दुई सय बढी विशिष्ट व्यक्तिको उपस्थिति रहने आयोजकले जनाएको छ । फेस्टिभलमा कला, साहित्य, सङ्गीत, राजनीति, अर्थतन्त्र, खेलकुदलगायत विषयमा बहस र अन्तरसम्वाद हुनेछ ।
पचास बढी सत्रमा सम्बन्धित क्षेत्रका विषय विज्ञ र विद्धत व्यक्ति वक्ताका रुपमा सहभागी हुने आयोजकको भनाइ छ । फेस्टिभलमा श्रीलङ्काका लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुललगायत सहभागी हुँदैछन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा भगवान कोइरालासहित विशिष्ट व्यक्ति वक्ताका रुपमा उपस्थित हुनेछन् ।
पत्रकार एवं लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, बुद्धिसागर, सुविन भट्टराई, सङ्गीतकार रञ्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्कालगायतले विधागत छलफल सत्रमा भाग लिनेछन् । फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रवद्र्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा प्रतिष्ठान रहेको छ ।















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया