चीनद्वारा सहायता सामग्री हस्तान्तरण
मेरोन्यूज
२०७९ पुष ६ गते २१:४०
काठमाडौँ । चीनले अफगानिस्तानको निमरोज प्रान्तका चार सय ५० विपन्न परिवारलाई सहायता सामग्री प्रदान गरेको छ ।
मानवीय सहायतास्वरुप चीनले प्रदान गरेका सहायता सामग्री प्रान्तीय अधिकारीहरूले आज हस्तान्तरण गरेका हुन् ।
प्रान्तीय प्राकृतिक प्रकोप व्यवस्थापन र मानवीय मामिलाका प्रमुख मल्लवी मोहम्मद कासिम मोहम्मदका अनुसार खाद्यान्न अभावका कारण छटपटिएकाहरूलाई चामल र गहुँलगायत खाद्यान्न प्रदान गरिएको छ ।
अनाथ एवम् अपाङ्गता भएकालाई प्राथमिकताका साथ सहायता सामग्री वितरण गरिएको उनले बताए । उनले मानवीय सहायता पठाएकामा चीनलाईप्रति आभार व्यक्त गरेका छन् ।
निमरोज प्रान्तका विपन्न परिवारलाई चीनले सहयोग गरेको यो हप्तामा दोस्रो पटक हो । निमरोज प्रान्तको राजधानी जरन्ज सहरमा गत आइतबार चार सय विपन्न परिवारलाई चिनियाँ मानवीय सहायता सामग्री प्रदान गरिएको थियो ।
सम्बन्धित
















दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया