‘सक्किगोनि’ ले सोलुखुम्बुमा मनायो १०० औँं भाग, पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य

सोलुखुम्बु । चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ ले सिजन २ को १०० औं भाग पुगेको उपलक्ष्यमा सोमबार सोलुखुम्बुमा विशेष कार्यक्रमको आयोजना गरेको छ । राजधानीबाट गएका झण्डै ६० जना कलाकार तथा प्राविधिकको टोलीमा सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेका छन् ।
सोलुखुम्बुको दुधकुण्ड नगरपालिकास्थित सुन्दर पर्यटकिय स्थल गौरीटापमा ‘सक्किगोनि’ ले १०० औं भाग पुगेको उपलक्ष्यमा सेलिब्रेसन कार्यक्रम आयोजना गरेको थियो । ‘सक्किगोनि’ टेलिशृंखलालाई बिभिन्न माध्यमबाट सहयोग पु¥याउने कलाकार, प्राविधिक, सञ्चारकर्मी लगायतलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

‘आन्तरिक पर्यटन प्रवद्र्धन गरौं, देश घुमौं’ नारा दिएर ‘सक्किगोनि’ टिमले सोलुखुम्बुबाट पर्यटन प्रवद्र्धनको यात्रा सुरु गरेको छ । ‘देशमा सोलुखुम्बु जस्तै थुपै्र रमणिय पर्यटकिय स्थलहरु छन् । हामी बिस्तारै देशका बिभिन्न क्षेत्रमा पुग्नेछौं ।’ ‘सक्किगोनि’ का एक प्रमुख कलाकार, स्क्रीप्ट लेखक तथा निर्देशक कुमार कट्टेल (जिग्री) ले भने, ‘नेपाली कलाकारहरुले नेपाल घुम्नुपर्छ । नेपाल चिन्नुपर्छ । स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्छ ।’ सोलुखुम्बुको पत्ताले आफैमा राम्रो ठाउ भएको र यसको प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सम्भाबना रहेको कलाकार कट्टेलले बताए ।

‘सक्किगोनि’ का कलाकार, स्क्रीप्ट लेखक तथा निर्देशक अर्जुन घिमिरे (पाँडे) ले नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सोलुखुम्बुको दुधकुण्ड नगरपालिकामा १०० औं भागको विशेष कार्यक्रमको आयोजना गरिएको बताए । यसपछि क्रमशः नेपालका बिभिन्न जिल्लाहरुमा पुगेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको उनले बताए । शहरी क्षेत्र भन्दा अलि विकट, पिछडिएका, दुर्गम र पर्यटकिय क्षेत्रमा पुगेर कार्यक्रम गर्ने उनले बताए । ‘यो हाम्रो खुसीको दिन हो ।’
यस्तै ‘सक्किगोनि’ का अर्का कलाकार हरि निरौला (जिग्री) ले भने मुलुकको पर्यटन प्रवद्र्धनका लागि यो हाम्रो सुरुवात हो । सबै कलाकारहरुलाई आग्रह छ, पर्यटन प्रवद्र्धन गरेर नेपाललाई चिनाउन सघाउनुहोस् ।’
यस्तै कार्यक्रमलाई ग्रान्डी हस्पिटल, रन सुज्, केआरडी ज्वेलर्स, राजधानी दोहोरी, नागेश्वरी क्रियसन, सोलु दुधकुण्ड नगरपालिका, हिमाल एफएम, टानका अध्यक्ष निलहरी बास्तोला, समाजसेवी प्रकाशसिंह कार्की, यातायातका लागि नबिन बानिया, रामप्रसाद गौतम प्रायोजन गरेका थिए ।









वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का
चिसोले पञ्चकुण्ड ताल जमेपछि …
नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन गर्दै
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया