पूर्वी नाका काँकरभिट्टामा हेल्थ डेक्स पुनः सञ्चालन हुने

काठमाडौँ । पूर्वी नाका काँकरभिट्टामा रहेको हेल्थ डेक्सलाई पुनः सञ्चालन गरिने जिल्ला कोडिभ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छिमेकी देशमा फैलिरहेको हुँदा पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिका लागि हेल्प डेक्स सञ्चालनमा ल्याउने तयारी भएको हो ।
नेपाल-भारतबीच खुल्ला सिमाना रहेको हुँदा मानिसको आवातजावतका कारण नेपालमा पनि संक्रमणको जोखिम उच्च रहेको हुँदा यसको रोकथाम र नियन्त्रणका लागि आमसमुदाय सजग एवं सचेत रहन जरुरी रहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।
मेचीनगर नगरपालिका, नेपाली सेनालगायतको सहयोग र समन्वयमा मेचीनगर १४ मा निर्माण भइरहेको होल्ङिड सेन्टरमा एक सय बेड तयारी अवस्थामा राख्ने, विद्यालय, हाटबजार अर्थात् बढी भीडभाड हुने स्थलमा अनिवार्य माक्स लगाउन र सरकारी तथा गैर सरकारी संस्थाहरूलाई कोरोना रोकथामका उपायबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने आग्रह गरिएको छ ।
प्रदेश नम्बर १ का १४ जिल्लामध्ये झापामा कोडिभ १९ विरुद्धको खोपको पहिलो श्रृङ्खला बुस्टर डोजको मात्र लगाउने मानिसको प्रतिशत न्यून रहेको हुँदा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरसँग खोप माग गरी खोप अभियान सञ्चालन गर्न स्वास्थ्य कार्यालय झापालाई अनुरोध गरिएको छ ।
बैठकमा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, प्रहरी उपरीक्षक दुर्गाप्रसाद रेग्मी, स्वास्थ्य कार्यालय झापाका निमत्त प्रमुख राजकुमार पोखरेल, प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन टङ्कप्रसाद बारकोटीलगायतको उपस्थिति रहेको थियो ।
















सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
Finance Minister Wagle conveys positive outlook for forthcoming budget
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया