फुटबलका महान खेलाडी पेलेको निधनबारे मेस्सी, नेयमार, एम्बाप्पे र रोनाल्डोले के भने ?

काठमाडौं । ब्राजिलका महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। उनको निधनप्रति विश्वभरका फुटबलप्रेमी तथा फुटबल खेलाडीहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन्। ब्राजिलका फरवार्ड नेयमारले पेलेको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन ‘किङ पेले, जसले सबैकुरा परिवर्तन गरे।’
त्यसैगरी, अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले पनि सामाजिक सञ्जालमा पेलेको तस्बिर राख्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
फ्रान्सेली खेलाडी केलियन एम्बाप्पेले पेलेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। एम्बाप्पेले पेलेलाई फुटबलको राजा भन्दै उनको विरासत कहिले पनि भुल्न नसकिने उल्लेख गरेका छन्।
त्यस्तै, पोर्चुकलका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि पेलेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको निधनमा अहिले विश्व फुटबलले भोगेको दुःख वर्णन गर्न नसकिने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘सम्पूर्ण ब्राजिलका लागि मेरो गहिरो संवेदना, र विशेष गरी एडसन एरान्टेस डो नासिमेन्टोको परिवारलाई । शाश्वत राजा पेलेलाई केवल ‘अलबिदा’ मात्र सम्पूर्ण फुटबल संसारले हारेको पीडा व्यक्त गर्न कहिल्यै पर्याप्त हुने छैन ।’
‘धेरै लाखौँको लागि प्रेरणा, हिजो, आज र सदाको लागि सन्दर्भ । तपाईँले मलाई देखाउनुभएको माया प्रत्येक पलमा हामीले टाढाबाट पनि स्मरण गरिरहनेछु ’ उनले थपेका छन् ।
फिफा अध्यक्ष गियानी इन्फान्टिनोले पनि पेलेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि उनको निधनमा दुःख व्यक्त गरेका छन्। ब्राजिल सरकारले तीन दिन शोकको घोषणा गरेको छ ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
सुनचाँदीको मूल्यमा केही गिरावट
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया