मंगलबार, वैशाख २२, २०८३

कोभिड नियन्त्रणका निम्ति लागू प्रतिबन्ध हटाइयो

मेरोन्यूज २०७९ पुष १५ गते १९:२८

काठमाडौँ । इन्डोनेसिया सरकारले कोभिड १९ नियन्त्रणका निम्ति लागू गरिएका सबै प्रतिबन्ध हटाएको छ ।

Advertisement
NiccNicc

राष्ट्रपति जोको विडोडोले कोभिडसम्बन्धी सार्वजनिक गतिविधिमा लागेको राष्ट्रव्यापी प्रतिबन्ध हटाउने निर्णय भएको घोषणा गरेका छन् ।

दश महिनाभन्दा बढीको छलफल, सार्वजनिकस्थलको आवागमनलगायत पक्षलाई विश्लेषणका साथै कोरोना संक्रमणको पछिल्लो तथ्याङ्कका आधारमा प्रतिबन्ध हटाउने निर्णय भएको राष्ट्रपति विडोडोले बताए । जमघट र भेलामा प्रतिबन्ध हटाइएको भए पनि सबैलाई सतर्क रहन आग्रह गरे ।

‘म राष्ट्रका सबै क्षेत्रलाई सावधान र सजग रहन सल्लाह दिन्छु, जनताले कोभिड १९ को जोखिमविरुद्ध सतर्कता अपनाउनु पर्छ,’ राष्ट्रपति कार्यालयबाट उनले भने । साथै, उनले भीडमा नजान, जानु परेमा मास्क लगाउन अनुरोध गरे ।

प्रतिक्रिया