ऋतिकलाई ‘विक्रम बेधा’को पछुतो

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन र सैफ अली खान अभिनित फिल्म ‘विक्रम बेधा’ गत सेप्टेम्बरमा रिलिज भएको थियो । दुई ठूला स्टारको अभिनयका बाबजुद पनि फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप भयो । फिल्म असफलताको लामो समयपछि ऋतिकले मुख खोल्दै ‘विक्रम वेधा’मा काम गर्दा पछुतो लागेको उल्लेख गरेका छन् ।
‘फिल्म विक्रम बेधाले बक्सअफिसमा मेरो आशाको हिसाब विपरित प्रदर्शन गर्यो । यो असफल हुँदा यसले मभित्र केही न केही हलचल पैदा गरेको छ,’ ऋतिक भन्छन्, ‘यो फिल्मको असफलताबाट मैले के सिके भन्ने कुराको महशुस मलाई पछि होला । तर, एउटा कुरा के तय भएको छ भने मेरा प्रशंसकले मलाईँ एकै किसिमको भूमिकामा हेर्न चाहेका रहेछन् । यो पटक मैले केही अलग गर्न चाहें, जुन कुरा दर्शकले चाहेनन् ।’
फिल्ममा ऋतिक बेधा नामको भिलेन चरित्रमा थिए । जसको प्रशंसा समीक्षकसँगै दर्शकले पनि गरेका थिए । ‘मैले निभाएको चरित्रलाई दर्शकले मनपराएनन् । अब मैले सोचेर बुझेर स्क्रिप्ट र चरित्र छान्नुपर्ने भएको छ । यस्तो फिल्म गर्न अब म दुई पटक सोच्नेछु’, उनले भनेका छन् । महंगो बजेटको यो फिल्मले बक्सअफिसमा केवल ७९ दशमलब ५३ करोडको मात्र व्यापार गरेको थियो ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रतिक्रिया