फिल्म ‘डंकी’ मा शाहरुखको अन्डरवाटर सिक्वेन्स

मुम्बई । करिब चार वर्षदेखि फिल्मबाट टाढिएका अभिनेता शाहरुख खान सन् २०२३ मा एकपछि अर्को गर्दै तीन फिल्म ‘पठान’, ‘जवान’ र ‘डंकी’ दर्शकमाझ ल्याउँदैछन् । शाहरुख ‘पठान’ रिलिजको लागि तयारी अवस्थामा छन् । यसै वर्ष अर्को फिल्म ‘डंकी’ पूरा गरेर दर्शकमाझ ल्याउन तयारीमा उनी जुटिसकेका छन् ।
शाहरुख पहिलोपटक बलिउडलाई कैयौं हिट फिल्म दिने निर्देशक राजकुमार हिरानीसँग सहकार्य गर्दैछन् । यो फिल्म साउदी अरबमा खिचिने पहिलो फिल्म हुनेछ । शाहरुख र अन्य बाँकी सदस्यले गत नोभेम्बरको मध्यमा मध्यपूर्व देशको यात्रा गरेर एक महत्वपूर्ण सेड्युलको सुटिङ पूरा गरेका थिए । अब फिल्म युनिट अर्को महत्वपूर्ण सिक्वेन्स खिच्न लागिपरेको छ ।
फिल्ममा शाहरुखले अन्डरवाटर सिक्वेन्स दिनेछन् । फिल्ममा उनको चरित्रअनुसार उनी एक पानीजहाजमा यात्रारत हुनेछन् । यही समयमा उनले पानीमुनि जानुपर्ने हुन्छ । जसका लागि उनले केही समय अन्डरवाटर सिक्वेन्सको तालिम पनि लिँदैछन् । फिल्मको कथाअनुसार कुनै विदेशी भूमिमा देखाइने यो सिक्वेन्सको छायांकन भने मुम्बईमा सेट बनाएर गरिनेछ ।
‘डंकी’को कथा अवैध तरिकाले आप्रवासीलाई सीमा पार गराउनेमा आधारित छ । फिल्ममा बोमन इरानी, तापसी पन्नुको पनि अभिनय छ । फिल्म २२ डिसेम्बर २०२३ मा रिलिज हुनेछ ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया