फिल्म ‘डंकी’ मा शाहरुखको अन्डरवाटर सिक्वेन्स

मुम्बई । करिब चार वर्षदेखि फिल्मबाट टाढिएका अभिनेता शाहरुख खान सन् २०२३ मा एकपछि अर्को गर्दै तीन फिल्म ‘पठान’, ‘जवान’ र ‘डंकी’ दर्शकमाझ ल्याउँदैछन् । शाहरुख ‘पठान’ रिलिजको लागि तयारी अवस्थामा छन् । यसै वर्ष अर्को फिल्म ‘डंकी’ पूरा गरेर दर्शकमाझ ल्याउन तयारीमा उनी जुटिसकेका छन् ।
शाहरुख पहिलोपटक बलिउडलाई कैयौं हिट फिल्म दिने निर्देशक राजकुमार हिरानीसँग सहकार्य गर्दैछन् । यो फिल्म साउदी अरबमा खिचिने पहिलो फिल्म हुनेछ । शाहरुख र अन्य बाँकी सदस्यले गत नोभेम्बरको मध्यमा मध्यपूर्व देशको यात्रा गरेर एक महत्वपूर्ण सेड्युलको सुटिङ पूरा गरेका थिए । अब फिल्म युनिट अर्को महत्वपूर्ण सिक्वेन्स खिच्न लागिपरेको छ ।
फिल्ममा शाहरुखले अन्डरवाटर सिक्वेन्स दिनेछन् । फिल्ममा उनको चरित्रअनुसार उनी एक पानीजहाजमा यात्रारत हुनेछन् । यही समयमा उनले पानीमुनि जानुपर्ने हुन्छ । जसका लागि उनले केही समय अन्डरवाटर सिक्वेन्सको तालिम पनि लिँदैछन् । फिल्मको कथाअनुसार कुनै विदेशी भूमिमा देखाइने यो सिक्वेन्सको छायांकन भने मुम्बईमा सेट बनाएर गरिनेछ ।
‘डंकी’को कथा अवैध तरिकाले आप्रवासीलाई सीमा पार गराउनेमा आधारित छ । फिल्ममा बोमन इरानी, तापसी पन्नुको पनि अभिनय छ । फिल्म २२ डिसेम्बर २०२३ मा रिलिज हुनेछ ।
















नेप्सेमा दोहोरो अंकको गिरावट
President Paudel addresses joint session of Federal Parliament
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
रेड्मी ए–सेभेन नेपाली बजारमा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया