कार्तिकबाट प्रभावित मनिषा

मुम्बई । सन् ९० को दशककी हिट अभिनेत्रीमध्ये एक मनिषा कोइराला चाँडै नै हिन्दीमा केही ठूला प्रोजेक्टमा देखिँदैछिन् । सन् २०१२ मा क्यान्सर भएपछि उनले अभिनयबाट पाँच वर्ष ब्रेक लिइन् ।
सन् २०१७ मा ‘डियर माया’बाट पुनरागमन गरेकी उनले त्यसपछि ‘लस्ट स्टोरिज’, ‘सन्जू’ र ‘प्रस्थानम’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् ।अहिले मनिषा निर्देशक सञ्जय लीला भन्सालीको बेव सिरिज ‘हिरामण्डी’को हिस्सा छिन् ।
यसबाहेक उनी अभिनेता कार्तिक आर्यनको अभिनय रहेको फिल्म ‘शहजादा’मा महत्वपूर्ण भूमिकामा अभिनय गरेकी छन् । मनिषा कार्तिकको अभिनयबाट प्रभावित रहिछन् ।
‘मलाई लाग्छ कि कार्तिक प्रतिभावान छन् । उनी कडा मेहनत गर्ने विनम्र स्वभावका व्यक्ति हुन् । उनी चरित्रलाई बुझ्छन् र केही नयाँ कुरा लिएर आउँछन् । उनले अहिलेसम्म जुन किसिमका फिल्म छनोट गरेका छन्, ती फिल्म मलाई मनपरेको छ । उद्योगमा उनको भविष्य उज्जवल छ’, उनले भनेकी छन् ।









ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
सुनको मूल्य तोलामा दुई हजारले घट्यो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया