झापा गोल्डकप फागुन पहिलो सातादेखि सुरु
काठमाडौँ । आगामी फागुनको पहिलो सातादेखि भद्रपुर झापा गोल्डकप प्रतियोगिता आयोजना हुने भएको छ ।
मेची रंगशालामा हुने प्रतियोगिता यही फागुन ७ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार भद्रपुर झापा गोल्डकपको विजेता टिमले १३ लाख र उपविजेताले नगद सात लाख तथा ट्रफी र मेडल पाउने छन् ।
त्यस्तै, प्रतियागिताभर सर्वोत्कृष्ट खेलाडीलाई एक लाख एक हजार, ट्रफी र मेडल प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, फरवार्ड र उत्कृष्ट प्रशिक्षकले २१ हजार पुरस्कार पाउने छन् । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने छन् ।
प्रतियोगितामा आयोजकको भद्रपर ११ सहित नेपालका सात, भारत र भुटानका तीन गरी १० वटा टिमको सहभागिता रहने छ । प्रतियोगिता सञ्चालनको लागि एक करोड ५० लाख लागत अनुमान गरिएको छ ।
गोल्डकपको संरक्षकको रुपमा रहेको भद्रपुर नगरपालिकाले प्रतियोगिताका लागि ३० लाख रुपैयाँ उपलब्ध गराउने छ ।
















अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया