फिल्मका लागि बलिउड कलाकारको महंगो मेकअप

मुम्बई / फिल्ममा चरित्रअनुसार कलाकारको मेकअप गरिन्छ । अभिनयको दुनियाँमा मेकअपको भूमिका महत्वपूर्ण हुन्छ । किनकि मेकअपकै कारण कलाकारले आफूलाई चरित्रमा ढाल्छन् ।
त्यहीकारण स्क्रिप्टअनुसार नै कहिलेकाँही कलाकारलाई महंगो मेकअप गर्नुपर्ने हुन्छ । यहाँ बलिउडका केही फिल्मका कुरा गरिएका छन्, जुन फिल्मका कलाकारको मेकअप गर्न नै लाखौं देखि करोडौं रुपैंयाँ खर्च गरिएको थियो ।
कपूर एन्ड सन्स
यो फिल्ममा अभिनेता ऋषि कपूरले ९० वर्षको बुजुर्ग व्यक्तिको भूमिका निभाएका थिए । उनको यो लुक्स बनाउनका लागि झन्डै डेढ करोड खर्च गरिएको थियो ।
रोबोट २.०
रजनीकान्त र अक्षय कुमार स्टारर यो फिल्म बक्सअफिसमा ब्लकबस्टर साबित भयो । यो फिल्ममा अक्षय निकै फरक लुक्समा देखिएको थिए । उनको यो लुक्स बनाउनका लागि करोडौ खर्च गरिएको थियो ।
बेल बाटम
फिल्ममा अभिनेत्री लारा दत्ताले इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी थिइन् । फिल्ममा उनको लुक्स यति सानदार थियो कि उनी लारा नै हुन् भन्ने भेउ कमैले पाए । उनको यो मेकअपका लागि निर्माताले लाखौं रुपैंयाँ खर्च गरेका थिए ।
राब्ता
अभिनेता सुशान्त सिंह राजपूतको फिल्म ‘राब्ता’मा अभिनेता राजकुमार रावको लुक्सले जोकोही चकित भएका थिए । राजकुमारलाई यो फिल्ममा कसैले चिन्न सकेनन् । यो लुक्स बनाउनका लागि निर्माताले झण्डै करोडको हाराहारीमा खर्च गरेका थिए ।
गुलाबो सिताबो
सन् २०२० मा रिलिज आयुष्मान खुराना र अमिताभ बच्चनको यो फिल्ममा अमिताभको लुक्स देखेर जोकोही चकित परेका थिए । अमिताभको लुक्स बनाउनका लागि निर्माताले पानी सरह पैसा खर्च गरेका थिए ।
पा
सन् २००९ मा रिलिज यो फिल्ममा अमिताभ बच्चनले एक बच्चाको भूमिका निर्वाह गरेका थिए । जो व्यक्ति समयअघि नै बुढो देखिन्छ । फिल्ममा अमिताभको लुक्सको निकै सराहना गरिएको थियो । उनको लुक्समा पनि लाखौं खर्च भएको थियो ।
आई
चियान विक्रमको यो फिल्मले दर्शकलाई हैरान बनाएको थियो । फिल्ममा विक्रमको एक जबरदस्त लुक्स थियो । उनको यो लुक्स बनाउनकै लागि लाखौं खर्च गरिएको थियो ।
चाची ४२०
अभिनेता कमल हासनले यो फिल्ममा एक अधबैसे महिलाको भूमिका निर्वाह गरेका थिए । फिल्ममा उनको लुक्स तयार पार्नका लागि लाखौं रुपैंयाँ खर्च गरिएको थियो ।
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया