नेपाल टी-२० : काठमाडौंसँग लुम्बिनीको फराकिलो अन्तरको जित

काठमाडौं । लुम्बिनी अलस्टार्स नेपाल टी-२० लिगको क्वालिफायर्समा पुगेको छ । काठमाडौं नाईट्सलाई १०२ रनको फराकिलो अन्तरले पराजित गर्दै लुम्बिनी अलस्टार्स टी-२० लिगको क्वालिफायर्समा पुगेको हो ।
प्रतियोगितामा आठौं खेल जित्ने क्रममा लुम्बिनीले काठमाडौंलाई १०२ रनले हराएको हो । यो नजिता जारी प्रतियोगिताको सबैभन्दा फराकिलो अन्तरको नतिजा हो ।
लुम्बिनी अलस्टार्स ९ खेलमा ८ जित सहित १६ अंकसहित शिर्ष स्थानमा रहेको छ । यस जितसँगै लुम्बिनीले शीर्ष २ मा रहँदै क्वालिफायर्स खेल्ने पक्का भएको हो ।
लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडौं १५.४ ओभरमा ८१ रनमा अलआउट भयो ।
काठमाडौंका लागि वसिर अहमदले सर्वाधिक २२ रन बनाए । उनले ३० बलमा १ चौका सहित २२ रनमा रन आउट भए ।
कप्तान ज्ञानेन्द्र मल्लले १५ रन जोडे । कमल सिंह ऐरीले १६ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
काठमाडौंका लागि ह्यारी टेक्टर, ईशान पाण्डे र कुशल भुर्तेलले समान २-२ विकेट लिए किशोर महतो, विपुल शर्मा, हर्मित सिंहले १-१ विकेट लिए ।
त्यसअघि, त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै १८३ रन बनाएको थियो ।
लुम्बिनीका ओपनर हर्मित सिंहले सर्वाधिक ७० रन बनाए। उनले ३६ बलमा २ चौका र ८ छक्का प्रहार गरे। अर्का ओपनर लहिरु मिलन्थाले २६ रन बनाए ।
गुल्सन झाले ११ बलमा २१ रन बनाउँदै अनिल खरेलबाट बोल्ड भए । कुशल भुर्तेल अभिनाश बोहराको बलमा सुनम गौतमबाट क्याच भए । ह्यारी टेक्टरले ८ बलमा १७ रन बनाए । विपुल शर्मा ५ र अनिल शाह १६ रनमा अविजित रहे ।
काठमाडौंका लागि अभिनाश बोहराले सर्वाधिक ३ विकेट लिए । वसिर अहमदले २ र अनिल खरेलले १ विकेट लिए ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
प्रतिक्रिया