साउथ फिल्मको यी चर्चित ब्रेकअप

मुम्बई । सेलिब्रेटीहरू प्रायःजसाे आफ्नो सम्बन्धलाई लिएर चर्चामा आउँछन् । चाहे त्यो सम्बन्धको सुरुवात होस् या अन्त्य । फ्यानहरू जहिल्यै आफ्नो प्रिय स्टारको निजी जीवनसँग जोडिएका कुुरा जान्न चाहन्छन् । यहाँ साउथ फिल्म उद्योगका केही यस्ता जोडीको चर्चा गरिएको छ, जो आफ्नो प्रेमका कारण जति चर्चामा थिए, ब्रेकअपका कारण पनि उत्तिकै चर्चा पाए ।
नागा चैतन्य र सामन्था रुथ प्रभु
टलिउडमा नागा चैतन्य र सामन्था रुथ प्रभु लोकप्रिय जोडीका रुपमा चिनिन्थे । दुवैको प्रेम उनीहरू अभिनित ब्लकबस्टर फिल्म ‘ये माया चेसावे’ को सेटबाट अंकुराएको थियो । उनीहरुले कैयौं वर्षसम्म डेट गरेर सन् २०१७ मा विवाह गरे । तर, चार वर्षपछि उनीहरू अलग्गिए । नागा र सामन्थाले अक्टोबर २०२१ मा अलग्गिने निर्णय लिए ।
रक्षित शेट्टी र रश्मिका मन्दाना
रश्मिका मन्दाना र रक्षित शेट्टीको भेट सन् २०१६ को कन्नड फिल्म ‘किरिक पार्टी’को सेटमा भएको थियो । यो भेटपछि उनीहरूले डेटिङ सुरु गरेका थिए । एक वर्षपछि उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सन् २०१७ मा गृहनगर विराजपेट, कर्नाटकमा तामझामका साथ इन्गेजमेन्ट गरे । तर, एक वर्षपछि सन् २०१८ मा उनीहरुले इन्गेजमेन्ट तोडे । उनीहरुले प्रतिकुल मुद्दाका कारण सम्बन्ध तोडेको चर्चा चलेको थियो ।
नयनतारा र प्रभु देवा
विग्नेश शिवनका साथ सम्बन्धमा आउनुअघि नयनतारा ब्रेकअपका कारण चर्चामा थिइन् । विग्नेशअघि उनको सम्बन्ध निर्देशक तथा कोरियोग्राफर प्रभु देवासँग थियो । सन् २००९ मा उनी प्रभु देवासँग प्रेममा थिइन् । यद्यपि प्रभु विवाहित भएकाले उनीहरूको सम्बन्ध लामो समय रहेन । सन् २०१० मा प्रभुले आफू दुई वर्षदेखि नयनतारासँग प्रेममा रहेको खुलासा गरेपछि प्रभु देवा र उनकी पत्नी लताले सम्बन्धविच्छेद गरे । लतासँग सम्बन्धविच्छेद गरे पनि नयनतारासँग प्रभुको सम्बन्ध लामो समय टिक्न सकेन ।
अमला पल र भविन्दर सिंह
एएल विजयसँग सम्बन्धविच्छेद भएपछि अमला पल पुडुचरी गइन् । सन् २०१० मा उनी गायक भविन्दर सिंहसँग प्रेममा रहेर विवाह गरेकी थिइन् । विवाहका केही तस्वीर भाइरल भएको थियो । तर अभिनेत्रीले भने त्यो विवाह नभई फोटोसुट भएको दाबी गरिन् । तर भविन्दरले भने आफूले अमलासँग विवाह गरेको प्रमाण पेश गरेका थिए । तर, सन् २०२० मा अमलाले भविन्दरविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि उनीहरूको सम्बन्धमा ब्रेक लागेको थियो । यो मुद्दा अहिले अदालतमा विचाराधिन छ ।
राणा दग्गुबाती र तृषा कृष्णन
राणा दग्गुबाती र तृषा कृष्णन साउथको लोकप्रिय जोडीमध्ये एक थिए । उनीहरू प्रायः सार्वजनिक कार्यक्रम, अवार्ड, पार्टीमा एकसाथ देखिन्थे । यद्यपि उनीहरुले आफ्नो सम्बन्धलाई कहिल्यै खुले स्वीकारेनन् । उनीहरुले १० वर्ष डेट गरे पनि त्यसले पूर्णता पाएन ।
















उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया