मंगलबार, वैशाख २२, २०८३

नेटो र इयुले युक्रेनलाई थप सहयोग गर्ने बाचा

मेरोन्यूज २०७९ पुष २६ गते १९:३४

काठमाडौँ । नेटो र इयुले मंगलबार युक्रेनलाई रुसको आक्रमणविरुद्ध लड्न र युरोप र अमेरिकाको नेतृत्वमा रहेको गठबन्धनबीचको सहयोगलाई थप बलियो बनाउने बाचा गरेका छन् ।

Advertisement
NiccNicc

‘हामीले नेटो र युरोपेली सङ्घ बीचको साझेदारीलाई सुदृढ गर्न जारी राख्नुपर्छ। हामीले युक्रेनलाई हाम्रो समर्थनलाई अझ बलियो बनाउनु पर्छ,’ नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले इयुका शीर्ष अधिकारीहरूसँग संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेपछि सो धारणा सार्वजनिक गरेका हुन् ।

नेटो र इयुमा २१ देशहरू छन् । रुसको आक्रमणपछि कीभलाई यी देशहरूले अर्बौं डलरको हातहतियार सहयोग गरेका छन् । संयुक्त राज्य अमेरिका, जर्मनी र फ्रान्सले उनीहरूले अब युक्रेनलाई सशस्त्र लडाइका निम्ति सवारी साधनहरू पनि उपलब्ध गराउने बताएका छन् ।

‘मलाई लाग्छ कि युक्रेनले उनीहरूलाई आवश्यक पर्ने सबै सैन्य उपकरणहरू पाउनु पर्छ ताकि उनीहरूले मातृभूमिको रक्षा गर्न सकून्,’ युरोपेली आयोगका अध्यक्ष उरले भनेका छन् ।

स्टोल्टेन वर्गले कीभका पश्चिमी समर्थकहरूले अर्को हप्ता युक्रेनका रक्षामन्त्रीसँग भेट्नेछ र के कस्ता प्रकारका हतियारहरू चाहिन्छ । ती कसरी उपलब्ध गराउन सक्छन् भनेर छलफल गर्ने बताएका छन् ।

युक्रेनमा मस्कोको आक्रमणपछि युरोपेली सुरक्षा व्यवस्थालाई चुनौती थपेको र यस क्षेत्रको रक्षा गर्न इयु र नेटो मिलेर काम गर्न आचश्यक देखिएको छ ।
संयुक्त राज्य अमेरिकाको सैन्य शक्तिद्वारा समर्थित यी दुई सङ्गठन रक्षामा आफ्नो भूमिका बढाउने प्रयासमा छन् ।

‘हाम्रो घोषणाले स्पष्ट पार्छ कि नाटो सामूहिक रक्षाको आधार हो र युरो एटलान्टिक सुरक्षाको लागि आवश्यक छ,’ स्टोल्टेनबर्गले भने ।

प्रतिक्रिया