दुर्घटनाको शोकमा भोलि यती एयरलाइन्सका सबै उडान रद्द
मेरोन्यूज
२०७९ माघ १ गते १८:००
काठमाडौं । यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ ।
एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ ।
कम्पनीको ९एन एएनसी एटीसआर ७२-५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया