इन्डोनेसियामा ६.० म्याग्निच्युडको भूकम्प
मेरोन्यूज
२०७९ माघ २ गते ८:१०

जकार्ता । इन्डोनेसियाको सुमात्रा टापुको तटीय क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु आचे प्रान्तको सिंगकिल सहरबाट ४८ किलोमिटर (३० माइल)दक्षिणपूर्वमा ४८ किलोमिटर गहिराइमा रहेको युएसजीएसले जनाएको छ । भूकम्पले पु–याएको मानवीय क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन् ।
एन्डोनेसियाले प्रशान्त महासागरको ‘रिङ अफ फायर’मा रहेको स्थानको कारणले बारम्बार भूकम्प र ज्वालामुखी गतिविधिको अनुभव गर्छ ।
नोभेम्बर २१ मा जाभाको मुख्य टापुको जनसंख्या भएको पश्चिम जाभा प्रान्तमा ५.६ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो क्षति भएको थियो ।एजेन्सी
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया