सविन र रीमा फिल्म ‘सिड्नी’ को मुख्य भूमिकामा

काठमाडौं । अष्ट्रेलियाली सहर सिड्नीको कथावस्तुमाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा देवकुमार श्रेष्ठले फिल्म निर्देशन गर्ने जानकारी दिइयो ।
वैशाखदेखि छायांकन हुने फिल्ममा सविन श्रेष्ठ र रीमा विश्वकर्माको मुख्य भूमिका रहनेछ । ओ माइ गड इन्टरटेनमेन्ट र आचार्य ब्रदर्सको ब्यानरमा निर्माण हुने फिल्मको २० प्रतिशत छायांकन नेपालमा र ८० प्रतिशत अष्ट्रेलियामा हुने जनाइएको छ । निर्देशक श्रेष्ठले नेपालदेखि अष्ट्रेलियासम्मको कथावस्तुलाई फिल्ममा चित्रण गरिने बताए । अष्ट्रेलियामा पुगेपछि नेपालीले गर्ने संघर्षलाई फिल्मले प्रस्तुत गर्ने उनले जनाए ।
सविन एक्सन भूमिकामा प्रस्तुत हुँदैछन् । कार्यक्रममा उनले भने, ‘मैले यसअघि पनि धेरै एक्सन फिल्म गरेको छु । तर यसपटक केही फरक देख्न पाइनेछ । मैले निर्वाह गर्ने भूमिका पनि भिन्न लाग्न सक्छ ।’ रीमाले कथावस्तुले आफूलाई फिल्ममा काम गर्न आकर्षित गरेको बताइन् ।















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
प्रतिक्रिया