सम्बन्ध विग्रन नदिन खाना खाने गरी बालकोट पुगेका प्रचण्ड र ओलीबीच ३ घण्टादेखि छलफल जारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालकोटमा तीन घण्टादेखि भेटवार्ता जारी छ ।
प्रधानमन्त्री प्रचण्डले आज विहानको खाना ओली निवास बालकोटमै खाएका छन्। भने दुई नेताबीच सम्बन्ध चिसिएको विश्लेषण सुरु हुँदा प्रच्ण्ड भने आज आफैँ ओली निवाससँगै खाना खानेगरी गएका हुन् ।
एमाले अध्यक्ष ओली र बीच प्रचण्ड प्रधानमन्त्री भए यताको यो ८ औ वान अन वान भेटवार्ता पनि हो ।
प्रचण्ड पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । अहिले ८ सदस्यीय मन्त्रीमण्डल छ । त्यसमा पनि ४ जना मन्त्री बिना बिभागिय अबस्थामा छन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाइसकेपछि पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भरहेको छ। यसबीचमा सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय भागबन्डा टुंग्याउने तयारी गरे पनि त्यो हुन सकेको छैन।
सभामुख निर्वाचन कार्यतालिका भोलि सार्वजनिक हुने र भोलि नै प्रधानमन्त्रीले आफुलाई विश्वासको मत दिने १० वटै राजनीतिक दलका नेताहरुको सर्वदलिय बैठक बोलाएका छन् । त्यहाँ प्रचण्डले राष्ट्रिय सहमति निर्माणका लागि कुनै न कुनै प्रस्ताव राख्न सक्ने र त्यसमा एमालेले पनि प्रधानमन्त्रीको कदमलाई चनाखो बनेर हेर्ने काम गरिरहेका छन् ।
सभामुख निर्वाचन माघ ५ गते हुँदैछ । कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएर राष्ट्रपतिमा माओवादीको मत आफुतिर तान्ने कोसिस गरिरहेको छ । माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलदे भने राष्ट्रपति र सभामुखका विषयमा कांग्रेस र एमाले सहितका दलहरुसँग पनि छलफल गर्न चाहिरहेका छन् ।
योबेला प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीचको यो भेटवार्तालाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया