दुर्घटित विमानको ‘ब्लाक बक्स’ छानविन आयोगको जिम्मामा

काठमाडौँ । सोमबार बिहान फेला परेको यति एअरलाईन्सको ‘ब्लाक बक्स’ छानबिन आयोगलाई जिम्मा दिइएको छ ।
आइतबार बिहान भएको विमान दुर्घटनाको ‘ब्लाक बक्स’ सोमबार भेटिएपछि छानबिन समितिलाई जिम्मा लगाइएको हो ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आइतबार गठन भएको छानबिन समितिले आजदेखि काम सुरु गर्ने भएको छ ।
विमान दुर्घटनामा ‘ब्लाक बक्स’ महत्वपूर्ण प्रमाणका रुपमा रहेको हुन्छ । ककपिटमा भएका कुराकानी तथा अन्य आवाजका लागि ‘ब्लाक बक्स’ले धेरै सूचना दिने गर्छ ।
विमान दुर्घटनापछि बसेको मन्त्रिपरिषद बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा एक छानविन आयोग गठन गरेको थियो ।
जसमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला, सुनिल थापा, हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापालाई सदस्यमा छन् । आयोगको सदस्य सचिवमा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।










झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई
प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा उत्रिए बासिन्दा
क्रिकेटः नेपालद्वारा भारत ९२ रनले पराजित
बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
कांग्रस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मधेश प्रदेशका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालो मोसो
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
प्रतिक्रिया