आइतबार, माघ ६, २०८१

उपसभामुख राष्ट्रिय स्वतन्त्रले पाउने

मेरोन्यूज २०७९ माघ २ गते १८:१७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पाउने भएको छ । यस्तै, तीन तीन मन्त्री र एक राज्यमन्त्री पनि पाउने भएको छ ।

Advertisement

रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रालय लिएर सरकारमा गइसकेका छन् ।

अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको शीर्ष नेताहरूको बैठक चलिरहेको छ । बैठकले भागबण्डा टुंग्याउने तयारी गरेको छ ।

आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भागबण्डाको विषयमा पाँच घण्टा लामो छलफल गरेको थियो ।

प्रतिक्रिया