शनिबार, माघ १२, २०८१

ठमेलमा दीप प्रज्वलन

मेरोन्यूज २०७९ माघ २ गते १९:५२

काठमाडौँ । पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा पर्यटनसँग सम्बन्धित संघ संस्थाको आयोजनामा राजधानीको प्रमुख पर्यतकीय गन्तव्य ठमेलमा दीप प्रज्वलन गरिएको छ ।

Advertisement

ठमेल पर्यटन विकास परिषद्, नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए), होटल एसोसिएस न नेपाल (हान), नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)लगायतका संघ संस्थाले दीप प्रज्वलन गरी श्रद्धाञ्जली तथा शोकसभा गरेका हुन् ।

शोकसभामा परिषद्का उपाध्यक्ष सहदेव धमलाले सुरक्षित र भरपर्दो उड्डयन क्षेत्र पर्यटनको आधार भएकाले नेपालको उड्डयन क्षेत्रको सुरक्षाका लागि सरकारले विशेष ध्यान दिनु पर्ने बताए ।

नेपाल पर्वतारोहण संघका उपाध्यक्ष ठाकुर पाण्डेले पोखरामा भएको विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रमा क्षति पुगेको बताए । सोही अवसरमा एक मिनेट मौनधारण गरिएको थियो ।

आइतबार बिहान काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन–एएनसी एटिआर–७२–५०० कल साइन भएको विमान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।

प्रतिक्रिया