आइतबार, माघ ६, २०८१

विमान दुर्घटनामा बेपत्ता थप एक जनाको शव फेला

मेरोन्यूज २०७९ माघ २ गते २०:०६

काठमाडौँ । यती एअरलाइन्स विमान दुर्घटनामा परी बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । योसँगै ७० जनाको शव फेला परेको छ ।

Advertisement

अज्ञात अवस्थामा रहेका दुई जनाको भोलि मात्रै खोजी हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भोलि बिहान ४ वटा ड्रोनसहित सम्भावित ठाउँहरूमा खोजी गर्ने भएको छ ।

चार जना चालक दल र ६८ जना यात्रुसहितको विमान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोँचमा आइतबार बिहान दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया