उपप्रधानमन्त्री श्रेष्ठ चितवनमा, सडक डिभिजन कार्यालयको निरीक्षण
चितवन । उपप्रधान एंव भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सडक डिभिजन कार्यालय चितवनको निरीक्षण गरेका छन् ।
चितवनमा निर्माण भइरहेको विकास आयोजनाहरूको निरीक्षण तथा विभिन्न कार्यक्रममा सहभागी हुन आज साँझ चितवन पुगेका मन्त्री श्रेष्ठले सडक डिभिजन कार्यालयको निरीक्षण गरेका हुन् ।
मन्त्री श्रेष्ठले यहाँ परेका आयोजनाहरू छिटोभन्दा छिटो मादण्ड पालना गरी गुणस्तरसहित सम्पन्न गर्न सडक डिभिजन कार्यालयका प्रमुखलाई निर्देशन दिए ।
चितवन देशकै केन्द्र भागमा पर्ने भएकाले यहाँबाट विकास निर्माणलाई तीव्र गतिमा अघि बढाउन अभियान सुरु गर्न आफू चितवन आएको बताए ।
साथै, उनले देशभरका योजनाहरू समयै सम्पन्न गराउन अनुगमन र निरीक्षणलाई आफूले तीव्र बनाइने बताए ।
उपप्रधमन्त्री श्रेष्ठले भोलि चितवनको सिक्स ल्याण्ड सडक, वाइपास सडक, हुलाकी सडक, मुग्लिन–नरायणगढ सडक, नारायणी नदी तटबन्धन र नारायणी नदीमा निर्माण हुन गइरहेको सिग्नेचर ब्रीचको स्थलगत निरीक्षणसमेत गर्ने जनाएको छ ।
उनी भोलि श्री हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा पनि सहभागी हुने कार्यक्रम छ ।
प्रतिक्रिया