बाटोमा एक पर्यटकको शव फेला
मेरोन्यूज
२०७९ माघ २ गते २१:१९
काठमाडौँ । मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा पुगेका एक पर्यटकको मृत्यु भएको छ ।
कोरियन पर्यटक ५३ वर्षीया जोनसिनको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।
अन्नपूर्ण पदमार्गअन्तर्गतको थोराङपासको दुई सय मिटर तल कोरियन पर्यटक मृतावस्थामा भेटिएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालका अनुसार उहाँ कुनै एजेन्सीसँग समन्वय नगरी एक्लै मनाङ भ्रमणमा आएको पत्ता लागेको छ ।
“जोखिम यात्रामा कुनै पोर्टर, एजेन्सीसँगको समन्वय विना आउँदा अप्रिय घटना घट्ने गरेको छ, पर्यटकले बुझेर आएमा बचाउन सकिने थियो”, उनले भने ।
पर्यटकको उद्धारमा गएका प्रहरी टोली लेक लागेर बाटोबाटै फर्किएका छन् ।
सम्बन्धित
प्रतिक्रिया